• २०८१ माघ ८ गते मङ्गलवार

धोबीघाटमा दुर्घटना नुवाकोटका चन्द्रमणी मुडभरीसहित दुईको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाण्डौ । ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मृत्युहुनेमा नुवाकोटका २८ वर्षीय मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको छन ।

बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोट बेल्कोटगढीका २८ वर्षीय चन्द्रमणि मुडभरी कलाकार, निर्देशक हुन भने घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् । केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे ।

दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस