• २०८२ जेष्ठ १ गते बुधवार

प्रधानमन्त्रीलाई खुला पत्र

पढ्न लाग्ने समय : ७ मिनेट

मिति : २०७६/०२/१९

  • खिमराज गिरी

सम्माननीय प्रधानमन्त्रीज्यू अभिवादन !
हुन त, यसभन्दा अगाडि पनि कयौं पत्रमार्फत देसको सम सामयिक घटना र निधानका उपायहरुवारेमा यहाँलाई दुखेसो नपोखेको होइन र फेरिपनि वर्तमान देसको अवस्था, परिस्थिति र विभिन्न घटनाक्रमहरुले निम्त्याउन सक्ने सकारात्मक र नकारात्मक कुराहरुवारे अवगत गराउन गइरहेको छु ।

स्थानीय, प्रदेश र संघको चुनाव भएको करिव डेढ दुई वर्ष भएको छ र यस अवधिमा सरकारले देस र जनताको लागि दीर्घकालिन रणनीतिका केहि महत्वपूर्ण योजनाहरु अघि सारेको छ, यो अवधिमा राज्यका विभिन्न तहमा हरेक कार्य सुचारुरुपमा संचालन गर्न चाहिने आवश्यक कानुनहरु निर्माण भएका छन्, करिव सात हजार पाँच सय कि.मि. सडक पिच भएको छ, यातायात क्षेत्रको सिन्डिकेट केहिहदसम्म तोडिएको छ र कम्पनिमा दर्ता हुन नआउनेहरुको लागि सरकारले फेरि पनि सार्वजनिक सूचना जारी गरेर ताकेता लगाएको छ, धेरै ठाउँहरुमा पक्की पुलहरु र तुइन विस्थापीत गरी झोलुग्गे पुलहरु निर्माण भएका छन्, लोडसेडिङ्ग वन्द भएको छ, विभिन्न ठाउँमा विद्युत परियोजनाहरुको कार्य धमाधम भएका छन्, अन्तराष्ट्यि त्रिभुवन विमानस्थलको मर्मत तथा सुधार गर्ने कार्य तीव्र गतिमा भएको छ, पोखरा र भैरहवामा वन्दै गरेका अन्तराष्ट्यि विमास्थलहरुको काम पनि सकिन लागेको अवस्था छ, खानी उत्खनन् प्रकृयालाई पनि तिव्रताकासाथ अगाडि वढाउने कार्य भएको छ, रेल, पानि जहाजको कार्य पनि अगाडि वढिराखेको छ, अन्तर्राष्टिय् सम्बन्धलाई पनि सुमधुर वनाइएको छ, व्यापारिक महत्व बोकेको चीनको तिव्बतसँग जोडिएका सातवटा उत्तरी नाकाहरु पनि संचालनमा ल्याउनको लागि विभिन्न तहबाट काम कारवाहीहरु अगाडि बढिराखेको छ, र तातोपानि भन्सार नाका भने संचालनमा आइसकेको छ, देसकोलागि अति प्रतिष्ठित फास्ट ट्याकको काम पनि दुर्त गतिमा अगाडि बढिराखेको छ, बृद्ध बृद्धाहरुको स्वास्थ्य विमाको काम पनि सकारात्मकरुपमा देखिएको छ, विभिन्न दुर्गम ठाउँहरुबाट हेलिकप्टर मार्फत घाइते र विरामीहरुको उद्धार कार्य पनि भइराखेको छ, देसका विभिन्न ठाउँहरुमा विचौलिया तथा दलालहरुले कयौं सरकारी जग्गा व्यक्तिको नाममा हत्याई वेच विखन गर्ने कार्य विगतका सरकारका पालामा भएकोले सो कार्यलाई निरुत्साहित गरी सो सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने कार्यमा तिव्रता दिइएको छ, यस्तै सरकारले सार्वजनिक खरिद नियमावली जेठ १ गतेदखि लागू हुनेगरी सार्वजनिक खरिद (छैटो संशोधन) नियमावली, २०७५ वनाएको भन्ने व्यापक हल्ला भएकोले यस क्षेत्रमा सिन्डिकेट लागू गरी गुणस्तरहीन काम गर्न पल्केका विचौलिया ठेकेदारहरुको भागाभाग भएको छ । यो नियमावली संशोधन नगर्नको लागि विचौलियाहरु सचिव, मन्त्रिहरुदेखि प्रधानमन्त्रीसम्म भरौटे र चाप्लुसी गर्न पुगेका भएपनि तपाईको दृढताको कारणले यो नियम लागू भएरै छाड्ने जानकारहरुले वताइरहेकाले सायद अव कुनैपनि योजनाहरु अलपत्र पर्दैनन कि भन्नेमा आम जनता र सरोकारवाला व्यक्तिहरुमा आशा र भरोसा जागेको छ । हालसालै आ.ब.२०७५।७६ को लागि वजेट पनि प्रस्तुत गरियो र स्वास्थ्य र शैक्षिक क्षेत्रमा मनग्य वजेटवाहेक अन्य क्षेत्रमा समग्रमा वजेटले समेटेको देखिन्छ र कर्मचारी, बृद्ध बृद्धा, अपाङ्ग, एकल महिला, पिछडिएका आदिवासी जनजाती आदिको लागि यो वर्षको वजेटले सन्तोषजनकरुपमा समेटिएको देखिन्छ ।

यसरी सरकारले यति छोटो समयमा केहि राम्रा कामहरु गरेकोले सर्र्वसाधारण जनताहरुको अतीतको निराशा केहि आशामा परिणत भएको आभास पाइएको भएता पनि सरकारले सुधार्नु र गनुपर्ने केहि महत्वपूर्ण कामहरु पनि छन् जस्तै भनिन्छ नि “जुन देस भ्रष्टाचाररुपी माकुराको जालोमा फसेको छ, ती देसका जनताहरुको आर्थिक तथा सामाजिक विकास र समृद्धिको ढोका प्रायः सदैव वन्द भएजस्तै हुन्छ ” केहि समय अगाडि मात्र पत्र पत्रिकामा पढियो कि दक्षिण कोरियाकी पहिलो पुर्व महिला राष्ट्पति पार्क गउन हाईलाई भ्रष्टाचारको काण्डमा त्यहाँको अदालतले २४ वर्ष जेल सजाय तोक्नुको साथै झण्डै डेढ करोड अमेरिकी डलर जरिवाना पनि गर्यो र अहिले ती महिला लामो जेल जीवन जिउन वाध्य भएकी छन् तर नेपालको सन्दर्भमा कुरा गर्दा भ्रष्टाचारको हिसावले नेपाल दक्षिण एशियाली राष्ट्हरुमा लगभग अग्रपंक्तिमा आउछ तर अफगानिस्तानको रिकर्ड भने अझैसम्म तोड्न सकेको छैन । यस भन्दा अघिल्लो सरकारको पालामा कर फछर्यौट आयोगका चुडामणी शर्मा होउन् या आयल निगमका गोपाल खड्का, यी त देखेर र थाह पाएर पनि प्रशासनले केहि गर्न नसकेका लाज पचेका भ्रष्टाचारी भए भने हाल मात्र वाइडबडिमा भएको घोटला, वालुवाटारको ११७ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा भएको घटना, यातायातको सिन्डिकेट अभैm पनि नतोडिएको, निर्मला हत्या काण्डको छानविन वाँकि, विभिन्न ठाँउहरुमा भएका वलात्कार, हत्या हिँसामा संलग्न व्यक्तिहरुलाई चाँडो भन्दा चाँडो कारवाहिको दायरामा ल्याउनुपर्ने, चोरी, डकैति र गुण्डा गर्दी तथा विभिन्न क्षेत्रमा भएका डन प्रवृत्तिलाई निरुत्साहित गनुपर्ने, देसका विभिन्न ठाउँहरुमा सार्वजनिक जग्गाको दुरुपयोग गरी राज्यका सरोकारवाला व्यक्ति स्वयंमको विचौलियासँगको मिलेमतोमा व्यक्तिका नाममा ल्याउने कामलाई निरुत्साहित गरी तुरुन्त छानविन गरी यस्ता विचौलियाहरुलाई हदैसम्म कारवाहिको दायरामा ल्याउनुपर्ने, शिक्षा लगाएत देशका विभिन्न प्रशासनिक निकायमा भएका सरुवा, वढुवा, नियुक्ति, राज्यकोषको सुविधा लिने कुरामा अनियमितता, आफन्तवाद, नातावाद, कृपावाद, अभैmपनि फरियावाद, भनसुनवाद, ठेक्का पट्टाको काममा डनवादकोसाथै कतिपय ठाउँहरुमा जातीय भेदभाव आदि नकारात्मक कामको वारेमा राज्यका हरेक तहले आप्mनो दायित्व निर्वाह गरी सरकारलाई सहयोग पुर्याउनुपर्नेमा यसो नभई उल्टो सरोकारवाला पक्ष नै यस्ता अनैतिकताको खाडलमा जकडिरहेकाले राज्यले यस्ता कुहिएका आलुरुपी भ्रष्टाचारीहरुलाई तत्काल फाल्नको लागि धेरै नै मेहनत गर्नुपर्ने जरुरी देखिन्छ अन्यथा राज्यका हरेक विभागमा काम गर्ने कर्मचारीहरु होउन् या सडक, बाटा घाटा र भवन निर्माणका ठेकेदारहरु जो सुकै भएता पनि यदि उनीहरु भ्रष्टाचारी ठहरीए भने राज्यको नीति निर्माणमा वसेका हरेक निकायहरुले कानुनी राज्यको खिलाफमा गएर जनताको रगत र पसिना चुस्ने जुकाहरुलाई हदै सम्मको सजाए दिलाउन पछि हट्नु हुँदैन र यस्ता व्यक्तिहरुलाई सजाएको प्रकृति हेरी सर्वस्वसहित जन्मकैद सम्मको सजाए दिलाउन राज्यले कन्जुस्याई गर्नु हुँदैन ।

जुन देसमा भ्रष्टाचारको मामलामा भाइचारा र आफन्त प्रवृत्ति मौलाउछ त्यस्ता देसहरु विकास र समृद्धिमा पछि परिरहेका उदाहरणहरु धेरै छन् । यसै सन्दर्भमा जनताले पनि राज्यलाई तिर्नुपर्ने करमा कन्जुस्याइ गर्नुहुँदैन । यसकोलागि विद्यालयमा पठन पाठन गराउँदा शुरुदेखि नै नैतिक तथा व्यबहारिक शिक्षा दिलाउने कुरामा टडकारो खाँचो देखिन्छ न कि इतिहासमा विभिन्न घटनामा उल्लेखित पात्रहरुको नाम कण्ठ गराउन असान्दर्भिक हुन्छ । जवसम्म राज्यले हरेक नागरिकहरुलाई नैतिक शिक्षांको चारित्रिक प्रमाणपत्र दिँदैन तवसम्म जस्तोसुकै कुलीन संस्कारमा हुर्केको व्यक्ति भएता पनि र जुनसुकै ओहोदामा काम गरेतापनि उसले राज्य र जनताप्रतिको सेवाभावको दायित्व विर्सेर उ जहिले पनि कमाउन र आफु, आफन्त र आप्mना सात पुस्ता रमाउनतिर मात्र लाग्छ अनि देस संधैको कंगाल ! अनि कसरी हुन्छ भ्रष्टाचार मुक्त देस ? त्यसैले देसमा भ्रष्टाचार नियन्त्रण गरेर विकासको गतिलाई अगाडि वढाउने लक्ष्य लिने हो र हाल प्रस्तुत वजेटलाई सहि दिसामा लग्नको लागि सवै क्षेत्र, वर्ग, जात जाती भाषा भाषी आदिलाई समेट्ने हो भने भ्रष्टाचारीहरु “चाहे ती आफ्ना र अर्काका नै किन नहुन् सबैलाई सीघ्र कारवाहिको दायरामा ल्याउन जरुरी सकिन्छ र तवमात्र देस विकासमा निकास मिल्छ । भर्खर मात्र भारतको लोक सभाको निर्वाचनमा भाजपाको वर्चस्व कायम हुनुको पछाडि के कस्ता कारणहरु थिए हामीले त्यो पनि बुझ्नु जरुरी छ । भारतीय प्रधानमन्त्री मोदीले जहिले पनि उनी विपन्न र गरीवका उजाड वस्तीहरुमा पुगि गास, वास, कपासको राम्रो व्यबस्था मिलाउने कोशिस गर्नु, राष्ट्यिताको मामलामा दृढ अडान लिनु, मिडियाहरुले सरकारका सहि र गलत काम कारवाहीवारे सहि सूचना संप्रेषण गर्नु, जे बोलिन्छ त्यो कुरा व्यवहारमा लागू गर्ने आदि कारणले भाजपा फेरि पनि सरकारमा आएको छ ।

तर नेपालमा भने दुई तिहाईको कम्युनिष्ट सरकारले गरेका काम कारवाहीवारे सर्वप्रथम तः केहि मिडियाहरुले जनतामा गलत सन्देस जारी गरेका छन् र हिजो मात्र यति ठूलो पार्टीका अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहालको वक्तव्य पनि मिडियामा आइरहेको छ जसले गर्दा जनतामा अलि अलि पलाएको आशा पनि फेरि कतै यहि सत्ताको लुछाचुँडी र भोग विलासमा वित्ने त होइन भन्ने शंका पनि थपिएको हुनाले कम्युनिष्ट पार्टीको सिद्धान्त ”जे बोलिन्छ त्यो व्यबहारमा गरेर देखाउनु” लाई आत्मसात गर्ने हो भने जनताले पनि सदैव आत्मविश्वास र भरोसाकासाथ सधै नै साथ दिइरहन्छन् भन्ने कुरामा ख्याल राखि दृढता, समझदारीता, नैतिकता, सहजता र आत्मविश्वास नै विकास र निकासको मार्गनिर्देशक सिद्धान्त हो भन्ने कुराहरुमा ध्यान दिने र तपाईहरुको जिम्मेवारी भनेको केवल पार्टीको सुदृढीकरण मात्र नभई समग्रमा सिङ्गो देस र जनताका दैनिक आवश्यकता पुरा गर्ने कुरालाई दृढ निष्चयकासाथ मनन गर्ने हो भने पक्कै पनि हामी भन्न सक्छौ कि सुखि नेपाली, समृद्ध नेपाल हुन्छ भनेर र तपाईले यस मामलामा दृढताकासाथ अगाडि वढ्नुभयो भने सम्झनुहोस् नेपालको इतिहासमा तपाईको नाम स्वर्ण अक्षरमा नेपाली जनताले सदैव हृदयमा राखिरहनेछन् जसरी दक्षिण अफ्रिकाका मण्डेला अनि अमेरिकाका लिंकन, भारतका महात्मा गान्धीलाई त्यहाँका जनताले सम्झिरहेका छन् । हस्त आजलाई पत्रबाट विदा ।

मध्य नेपाल नगरपालिका २, लमजुङ्ग
हाल काठमाण्डौ । ९८५११९२०८८

प्रतिक्रिया दिनुहोस