• २०८२ जेष्ठ ७ गते मङ्गलवार

दशक फेरिए पनि खानेपानीको समस्या फेरिएन्

पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १९, दैलेख ।  ‘पानी माग्या दुध मिल्लो छ् धन्न दुल्लु देश ।
संस्कृतिले भरीयको आफ्नै छ भेषभुष ।। ’

यो उखान दैलेखको दुल्लुमा आउने जाने जोकोही नसुनेको सायद कमै भेटिन्छन् । खानेपानीको विगत देखिनै समस्या झेल्दै आएको तत्कालिन दुल्लुमा बाईसे चैबिसे राज्य हुँदै यहाँ सम्म आईपुग्दा समेत खानेपानीको समस्या बदलिएको छैन् ।


कला,संस्कृती र एतिहासीक पर्यटकीय गन्तव्यको नामले समेत चिनिएको दुल्लुका नागरिकले हालसम्म काकाकुल जस्तै समस्या भोग्दै आएका छन् । विहान र साँझपख अरु काम भन्दा पनि खानेपानीको जोहो कसरि गर्ने भन्ने चिन्ता गर्छन, यहाँका बासिन्दा । पुराना पालाका मान्छेहरुले दुल्लुमा आएका पाहुना ,बटुवा ,लगाएत जो कोहिले पनि पानी माग्दा दुध दिने गरेको बुढापाखा बताउँछन् । पानीको प्यास दुधले मेटाउँने गर्छ, भन्ने बुझाई छ ।

दुल्लुमा सुक्दै गरेको दुल्लुको एतिहासीक ढुंगेधारा ।

बर्षा याममा आकाशे पानी थाप्ने र हिउँद लाग्दा टाउकोमा डोको बोकेर धारामा आफ्नो पालो पर्खिनु पर्छ ,दुल्लु नगरपालिका–९धामीगाउँका स्थानीय शेर्वानाथ योगीले बताए । दुल्लु बजार क्षेत्र मात्रै हैन् ,यहाँ गाउँमा समेत खानेपानीको हाहाकार छ ,उनले भने । पानीका ठूला मुहान सुक्दै जान थालेपछि दुल्लु क्षेत्रमा खानेपानीको अभाव झन बढ्दै गएको छ । पछिल्लो समय जथाभावी सडक निर्माण गर्ने क्रम बढेपछि यहाँका पुराना मुहान सुक्दै गएका छन् । नगर क्षेत्रका पुराना ढुंगेधारा हिउँद नलाग्दै सुक्छन् । दुल्लुमा सबैभन्दा पहिले २०३६ सालमा बडीमूल खानेपानी आयोजना सञ्चालनमा ल्याइएको थियोे ।

उक्त आयोजनाको मुहान सुक्दै गएकाले र खानेपानी धाराहरू जीर्ण बन्दै गएकाले खानेपानीको निकै अभाव देखिन थालेको स्थानीयको भनाई छ । उतिबेलाको जनसंख्यालाई लक्षित गर्दे ल्याइएको योजनाले अहिले खानेपानीको आपूर्ति धान्न नसकेको स्थानीय चन्द्र रावतले बताए । ‘मंसिरदेखि असारसम्म खानेपानी अभाव बढी देखिने गरेको छ ।

झापा जिल्लाबाट दुल्लु क्षेत्रको अवलोकनमा आएका एक पर्यटकले भने ,स्वर्ग जस्तो ठाउँ भएर पनि खानेपानीको हाहाकार रैछ । ‘दुल्लुको हावापानीमा लोभ्यिएका पर्यटकले यहाँको भौगौलिक वनावट र पुरातात्विक सम्पदाको निकै व्याख्या गरेका थिए । उनले भने,दुल्लु भनेको साच्चिकै एतिहासिक ठाउँ हो ,यहाँको मुख्य चुनौती भनेको नै पानी बनेको रैछ ।
दुल्लु बजारका ठाउँ–ठाउँमा पानी भर्नेको लर्काे लागेको र छरपट्ट भाँडाकुँडा देखिँदा मनदेखिनै जो कोहीलाई खिन्नता जागेर आउने गर्छ । खानेपानीका लागि विभिन्न प्रयास भएपनि यहाँ पानीको परिपुर्ति गर्न नसकिएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । मुहान सुक्दै गएकाले पुराना ढुंगेधारा संरक्षणको योजना अगाडि सारिएकोे छ ,‘ दुल्लु क्षेत्रमा ठूला मुहान नभएकाले बृहत् खानेपानी आयोजना सञ्चालन गर्न समस्या भएको छ , भण्डारीले भने ।

जिल्ला सदरमुकाम भन्दा पछिको दोस्रो ठुलो बजारको रुपमा दुल्लुलाई अहिले स्मार्ट बजारको रुपमा लिने गरेपछि खानेपानीको काकाकुल अबस्था छ । यहाँ करोडौँको लगानीमा होटेलहरु र पक्की भवनहरु निर्माणकार्य भईरहेको छ । दुल्लुमा अहिले साना ठुला १० भन्दा धेरै खानेपानी आयोजनाहरु निर्माण कार्य भईरहेको छन् । केहि आयोजना आर्थिक अभावले ठप्प भएका छन् भने केहि आयोजनाका मुहान सुुकिसकेको खानोपानी महासंघ दुल्लुका अध्यक्ष डिलबहादुर खत्रिले बताए । यहाँका आयोजनाले दुल्लुबासीलार्ई खानेपानी पुरा हुँदैन,खत्रिले भने । यहाँ वैशाख र जेठ महिनामा भने खडेरीको जस्तै समस्या भोग्नु परेको स्थानीय बासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस