बैशाख १९, काठमाडौं । अकस्मात आएको चक्रवात “फानी” हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ र बिस्तारै उत्तर पूर्वी दिशातर्फ बढिरहेको छ ।
भोलि शुक्रबारबाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने सम्भावना देखिन्छ । यो प्रणाली फेरी उत्तर पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम केहि प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन सहित चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।
देशको पश्चिमी क्षेत्रमा भोलि शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।