• २०८० मङ्सिर १६ गते शनिवार

दाङमा गर्मीले जनजीवन प्रभावित, अस्पतालहरुमा बिमारीको चाप बढदै

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

बैशाख १९, दाङ । बैशाखको पहिलो हप्तादेखि दाङ जिल्लामा राम्रो सङ पानी पनि पर्न सकेको छैन जसका कारण उखरमाउलो गर्मीले यहाँको जनजीवन निकै प्रभावित भएको छ ।

चर्को घाम र छहारीमा बस्दा समेत तररी पसिना आउने उम्सोले सार्वसाधरणको दिनचर्या कष्टकर बनेको छ । गर्मी सुरु भए यता दाङमा अहिलेसम्म ठुलो मनसुन झरी परेको छैन पानी नपर्नाले दाङ जिल्ला बासीहरु उखरमाउलो गर्मीको कारण सास्ती भोग्नु परेको हो । गर्मी बढेसंगै बजारमा उपभोक्ता र विभिन्न कार्यालयहरुमा सेवाग्राहीको उपस्थित पातलिएको देख्न सकिन्छ । प्रयाप्त मनसुन नहुदा दाङमा खेतबारी पनि सुख्खा खडेरी परेको छ बाली रोपाइ समेत प्रभावित भएको छ ।

अत्यधिक गर्मीका कारण घाउ खटिरा आउ मासी टाइफाइड ज्योरो झाडापखाला लगाएतको सरुवा रोगको बिमारीको चाप पनि राप्ती स्वास्थ बिज्ञान परिस्थान अस्पताल घोराही दाङमा बिमारीहरु बढन थालेको अस्पतालका डाक्टर अमित लामगाजेले जनाएका छ्न ।

प्रतिक्रिया दिनुहोस