• २०८० असोज ७ गते आइतवार

कलंकी स्यूचाटार पुलमुनी युवकको शव भेटियो

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १९, काठमाडौ । काठमाडौको स्वयम्भु स्थित सडकको पुलमुनी एक युवकको शव फेला परेको छ । चक्रपथ सडकको पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो।

फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि खबर बाहिर आएको हो। त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

युवकको पेट क्षतविक्षत हुनेगरी काटिएको र घाटी तथा कम्बरमासमेत धारिलो हतियार प्रहार गरेको भए पनि मुख प्रष्ट देखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । हालसम्म शबको सनाखत हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस