• २०८० असोज ११ गते बिहिवार

लेखक तथा श्रष्टाको रिहाको माग गर्दै प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशद्धारा विज्ञप्ती

पढ्न लाग्ने समय : १ मिनेट

 

चैत १९, सुर्खेत । प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेश समितिका सदस्य सिद्धबहादुर खड्का लगाएत देशका विभिन्न ठाउँहरुबाट श्रष्टा तथा लेखकलाई सरकारले गिरफ्तार गरेको भन्दै ‘प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेशले सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै रिहाको माग गरेको छ ।

नेपाली कलाकार, लेखक, श्रष्टाको कलमको माध्यमबाट हुने सृजनात्मक कार्यमा ठुलो भुमिका रहेको हुन्छ । सरकारलाई जनउत्तरदायि बनाउन बौद्धिक ,रचनात्मक र आलोचनात्मक ढङ्गले सहयोग पुुर्याउनु संसारभरकै प्रचलित लेखकीय धर्म भएता पनि यस्ता लेखक तथा श्रष्टालाई देशका विभिन्न ठाउँहरुबाट गिरफ्तार गरेको भन्दै लेखक सङ्घले रिहाको माग गरेको छ ।
कलम हातमा भएका यस्ता लेखक ,श्रष्टालाई सरकारबाट यस्ता व्यवहार हुनु दुःखत भएको सङ्घका अध्यक्ष गिरिप्रसाद बुढा मगरको भनाई छ ।

सङघले श्रष्टाहरुको लेखकीय अधिकार सुनिश्चितता गर्दै खुल्ला र सहजताका साथ बौद्धिक कार्यव्यवहार गर्नका लागि अनुकुल वातावरण बनाउँन सरकार समक्ष जोडदार अपिल समेत गरेको छ

 

प्रतिक्रिया दिनुहोस