• २०८१ बैशाख ७ गते शुक्रवार

तिमी

पढ्न लाग्ने समय : १ मिनेट

धिरज जि.एम.

तिमी धर्म भित्र जातको कुरागर्छौ ।
म विचार भित्र स्वाभिमानको कुरागर्छु
तिमी सत्ता भित्र शक्तिको कुरागर्छौ
म समाज भित्र बर्गिय मुक्ति को कुरागर्छु ।।


तिमी र म मा यहि त फरक छ ।
तिमी तिमी बन्नुमा म म बन्नु मा
तिम्रो शान्तिको गीत भित्र शासनको डन्डी लुक्नुमा
मुक्तिको यात्रा भित्र सहिद को खुन चुस्नुमा।।


तिमी निरन्तरताको पक्ष लिन्छौ।
म बिद्रोहको पक्ष लिन्छु
तर म कुनै खास पनि होइन विशेष पनि होइन
तिमी भन्दा भिन्न कुनै ग्रहको एलिएन पनि होइन।।


म सिपाही हु स्वतन्त्रताको मुक्तिको।
म दुत हु बिभेदकारी तिम्रो राज्य सत्ताको
म कसिङगर हु पुजीवाद भित्र तिम्रो खासबादको
म एक सिपाही हु सपना हु सहयात्री हु हजारमाइल को
यात्रा तय गर्ने हरुको।।


त्यसैले
तिम्रो धर्म सस्कार अनि सस्कृती भित्र।
लङुररुपी बन्दुकका नालहरुले
मानवताको धर्मलाई रोक्नसक्दैन
समान्ता मा आधारित समृद्धिको यात्रा लाई छेक्न सक्दैन।।

प्रतिक्रिया दिनुहोस