फागुन १८, काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर तथा कम्युनिष्ट आन्दोलन को तिनै पुस्ता विच लोकप्रिय नेता भरतमोहन अधिकारीको अहिले ९:५० बजे अवशान भएको छ । । कमरेड भरतमोहन अब हाम्रो बिच रहनु भएन। हार्दिक भावपुर्ण श्रद्धाञ्जली एबं शोकसन्तप्त परिवार जनमा हार्दिक समबेदना।
२०१४ सालमा सम्पन्न नेकपाको प्रथम महाधिवेशन देखी अहिले सम्म लगातार केन्द्रीय नेतृत्व रहनु भएका सर्वाधिक अनुभवी नेता हुनुहुन्थ्यो ।पुर्व अर्थमन्त्रीका रुपमा सम्मान गर्ने ब्याक्ती तथा पूर्व।उप प्रधानमन्त्री भरतमोहन अधिकारी माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा मृत्युसँग संघर्षरत हुनुहुन्थ्यो तर अफसोच उहाँ हामी बिच रहनुभएन्। उहाँको देहावसानले कम्युनिस्ट पार्टीमा अपुरणिय क्षति पुगेको छ र नेपालले भरपर्दो राजनीतिक अभिभावक गुमाएका छ ।
उहाँको पार्थिब शरीर भोलि अन्तिम श्रध्दाञ्जलीको लागि बिहान ९:०० बजे देखि १२:०० बजे सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने छ ।
कम्युनिस्ट आन्दोलन का अथक योध्दा , निरन्तर संघर्ष, लगनशिलता र जनता प्रती समर्पणका प्रतिपूर्ति हुन भरतमोहन अधिकारी । उहाँ नेपालका चर्चित एवम लोकप्रिय अर्थमन्त्री हुनुहुन्थ्यो । नेपालकै लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री रहनुभएको उहाले आफ्नो गाउ आफै वनाऔ, नौसूको कार्यक्रम, वृध्द भत्ता सहित स्थानीय निकायमा बजेट निकास, सामाजिक सुरक्षा भत्ता कार्यक्रम र अस्पतालमा गएर सुत्केरी हुनेलाई बाटो खर्च जस्ता लोकप्रिय कार्यक्रमहरूको नेतृत्व उहाले गर्नुभएको थियो ।कम्युनिष्ट सत्तामा पुगे वृद्धलाई गोलि हानेर मार्छन भन्ने प्रचार भरतमोहन अधिकारी अर्थमन्त्री हुदा वृद्ध भत्ताले सम्मान गरि भ्रम चिर्न सक्षम भएको थियो । उनिवाट सिक्ने धेरै कुरा छन आज हामीले उहालाई गुमाएका छौ ।