• २०८० असोज १७ गते बुधवार

पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भिर

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भिर बनेको छ ।

उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।

पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ ।

‘वितेको २४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।

प्रतिक्रिया दिनुहोस