• २०८१ फाल्गुन २ गते शुक्रवार

पाकिस्तानी सेनाद्धारा इन्डियन पाइलट का छोरा लाई लेखिएको पत्र : सामाजिक सञ्जालमा भाईरल बनेको मन छुने पत्र

पढ्न लाग्ने समय : २ मिनेट

सामाजिक सञ्जालमा भाईरल बनेको मन छुने पाकिस्तानी सेनाद्धारा इन्डियन पाइलट का छोरा लाई लेखिएको पत्र एकपटक अवश्य पढ्नुहोला ।

‘हाइ लिटिल बन्नी !  बधाइ छ । तिमी छिटै आफ्ना पितालाई अंकमाल गर्न गइरहेका छौ । हामी उनलाई तिमीकहाँ उपहारको रुपमा पठाउँदैछौं, यो कुराको पर्वाह नगरिकन कि उनी यहाँ तिमीजस्तै कैयौंमाथि बम बर्साउन आएका थिए । बनी सुन । तिमीलाई मेरो एउटा अनुरोध छ । जब उनी भावुक भएर तिमीलाई अंकमाल गर्नेछन्, कृपया मेरो तर्फबाट उनीसँग केही प्रश्नहरु सोधिदिनू । उनीसँग सोध्नू – ड्याड, के मजस्तै कश्मिरी बालबालिकाहरुसँग आफ्ना पिताको साथमा खुसीसाथ बाँच्ने अधिकार छैन रु उनीसँग सोध्नू – यदि उनीहरुले तपाइँलाई हिंस्रक भीडको बीचमा छोडिदिएको भए रु उनीसँग सोध्नू – युद्ध र घृणाको मूल्य के हुन्छ रु उनीसँग सोध्नू – के शक्तिशाली हुन्छ रु घृणा कि माया रु उनीसँग सोध्नू – जीवन र मृत्युमा के सुन्दर हुन्छ रु म यी प्रश्नहरुको जवाफको प्रतिक्षामा हुनेछु । खुसी रहनु लिटिल बन्नी । म चाहन्छु एक दिन तिमी आफ्ना पितमसँग हामीकहाँ आउ । हातमा बम र मिसाइल होइन फूल लिएर आउ । अनि अझै एउटा कुरा – म बाचा गर्छु कि हामी कसैलाई पनि तिम्रो मुस्कान खोस्न दिने छैनौं र विनाशको लागि हाम्रो जमिन प्रयोग हुन दिने छैनौं । आफ्ना पितासँग खुसी रहनू ।

प्रतिक्रिया दिनुहोस