फागुन १८, महोत्तरी । मालपोत कार्यालय, महोत्तरी, जलेश्वरमा कार्यरत नायब सुब्बा ढक बहादुर कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग घुस लिएका छन ।
जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू१०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।