• २०८२ जेष्ठ ७ गते मङ्गलवार

नेपालगन्जको बागेश्वरी मन्दिरमा छैन शौचालय मुख्य गेटमै बग्छ पिसाबको खोला : २ नम्बर वडा अध्यक्ष भन्छ्न “बजेट धेरै छ तर कहिले निर्माण हुन्छ थाहा छैन “

पढ्न लाग्ने समय : ३ मिनेट
  • सागर थापा

नेपालगंज फागुन १८ ।  धार्मीक पर्यटकिय क्षेत्र बागेश्वरी मन्दिरको मूल गेटमै दिशा पिसाबको खोलो बग्ने गरेको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नं २ बागेश्वरी टोल स्थित बागेश्वरी मन्दिर र राम जानकी मन्दिरको मूल गेटमै सडकमा दिशा पिसाबको खोलो बग्ने गरेको स्थलगत निरिक्षणको क्रममा स्थानीयले जानकारी गराएका छन् ।  करोडौ हिन्दु धर्मावलम्बिहरुको आश्थाको केन्द्र बिन्दु हिन्दू मन्दिर को मूल गेटमै यसरी बिष्टाको कुण्ड बन्नु र समाधान तर्फ कसैले चासो नदिनु दुर्भाग्य भएको स्थानीय ब्युटि पार्लर संचालिका सिल्क ब्युटि पार्लरको प्रोपराईटर रीतु शाहले बताउनुभयो । स्थानीय बागेश्वरी टोल बिकास मा बसोबास गर्ने सौच पिडितहरुले तुरुन्त सौचालय भत्काउनु पर्ने वा मर्मत सम्भार गर्नुपर्ने बताएका छन् । तत्कालीन नेपालगंज नगरपालिकाले निर्माण गरेको बिष्टा बिसर्जन केन्द्रको जिम्मेवारी नेपाल रेडक्रस नेपालगंज र बागेश्वरी टोल बिकास संस्थाले लिएतापनि उचित व्यवस्थापन हुन नसक्दा बाटोभरी पिसाबको खोलो बग्ने गरेको स्थानीय कन्हैलाल बैष्यले बताउनुभयो ।

बजारक्षेत्रको केन्द्रबिन्दुमा यसरी दुर्गन्ध उत्सर्जन गर्ने मलमूत्र बिसर्जन गरिँदा इज्जत देखि संक्रामकरोगको समेत प्रकोप हुने प्रिति लखेरले बताउनुभयो । “हावा चल्दा सहनै नसक्नेगरी टोलभरी दुर्गन्ध फैलिन्छ” लखेरले बताउनुभयो । पुजा सामग्रिका पसलहरु देखि खाजा नास्ताका समेत पसलहरु रहेको क्षेत्रमा यस्तो हुनु र समस्या समाधानमा जनप्रतिनिधिहरुको चासो फिटिक्कै नदेखिनु दुर्भाग्य भएको राधाकृष्ण मन्दिरका पुजारी सुसिला पौडेलले बताउनुभयो । त्यसो त स्थानीयहरुले डेढमहिना अघिनै यसको सिकायत सम्बन्धित वडा कार्यालय र उपमहानगरपालिकाको कार्यालयमा दर्ता गरीएको तर सम्बन्धित निकायहरुबाट कुनैपनि पहलकदमि नलिइएको काजल पौडेलले बताउनुभयो । उता वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमाल संग यस बिषयमा बुझ्दा जनप्रतिनिधि भएको हैसियतले जनताको चाहना बमोजिम अगाडि बढ्ने बताउनुभयो । टेलिफोन सम्बादमा कुरा गर्दे सिंहले “हामी सङ बजेट धेरै छ शौचलाय बन्छ भन्नुभयो” तर कहिले सम्म शौचलाय बन्छ भन्ने प्रश्नमा २. वडा अध्यक्ष हमलाले बोल्न चाहेनन डिस्मेन्टल गर्ने वा सम्भार गर्ने जनताको इच्छाहो, म छलफल गराउन तयार छु” । यस अघिनै सो मलमूत्र बिसर्जन गृह सुधारका लागि सामाग्रिहहरु खरिद गरिसकिएको समेत सिंहले जानकारी दिनुभयो ११ महिना अगाडि पनि हामी सङ कुरा गर्ने क्रममा अध्यक्ष हमालले ५ महिना भित्रमा शौचलाय बनाउछु भन्ने गरेको छ्न तर अहिलेसम्म बनेको छैन । यसैगरी नेपालगन्ज उपमहानगरपालकाका मेयर धवल समशेर राणा संग यस बिषयमा बुझ्दा करिब डेढ महिना भित्र शौचलायको समस्याको समाधान हुने बताउनुभयो आज भन्दा ११ महिना अगाडि पनि मेयर राणाको डेढ महिना भित्र शौचलाय बनाउछु भनेको यथाबध नै छ ।

(धवल समशेर राणा र सुनिल सिंह हामल संग गरीएको कुराकानि हामीसंग सुरक्षित छ यस बिषयमा आवस्यक कुरा बुझ्नका लागि मेयर राणाको ९८५८०२०२०२ र वडा अध्यक्ष सिहको ९८४८०४२८९४ मा संपर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस