काठमाडौं । ग्ल्यामरस सिंगरको रुपमा चिनिएकी ज्योति मगरको मोटो ज्यानको त्यसै भएको होइन । रोल्पामा जन्मेकी यी गायिका मोटी हुनुमा खान पानले पनि भुमिका खेलेको छ । उनी भन्छिन् ‘प्रत्येक छाकमा मासु खाने गरेकी छु’ ।
उनलाई पोर्क र बफ विषेश मन पर्छ । फुर्सदको वेला पोर्क र बफका परिकार आफैं बनाउँछिन् । आफैंले आफ्नै घरमा बनाएको मासुका परिकार मन पराउने ज्योतिलाई पार्टीको मासु प्राय मन पर्दैन ।
पार्टीमा प्राय खसी र कुखुराका परिकार हुन्छन् त्यसकारण पनि उनी मासु खान्नन् ‘मलाई कुखुरा र खसीको मासु खासै मन पर्दैन’ ज्योतिको भनाई थियो ।मासु जस्तै मदिराको पनि पारखी हुन् उनी । मुड चल्यो भने बिहानै रक्सि खाइदिन्छिन् । ‘मुड चल्नुपर्छ चियाको साटो रक्सि खाइदिन्छु’ ज्योतिले भनिन् ।गर्मीमा चिसो बियर र जाडोमा ह्वीस्की पिउने गरेकि ज्योति साथीभाइको सल्लाहमा पिउने गरेको बताउँछिन् ।
उनको भनाई अनुसार उनका केही साथीहरु छन् । उनीहरुविच सल्लाह भएपछि पिउनलाई समयको छेकवार छैन । ‘बिहान होस् या दिउँसो साथीहरुसँग कुरा मिल्यो भने पिइहाल्छु’ ज्योतिले भनिन् ।
रातीसम्म जागा हुने ज्योति बिहान ढिला उठ्छिन । आफुले पिएर अहिलेसम्म कसैलाई डिष्टर्ब नगरेको उनले बताइन् ।