माघ १९, काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
धनगढी प्रिमियर लिगको तेस्रो संस्करण यही माघ २६ गते देखि फागुन ११ गतेसम्म आयोजना हुँदैछ । यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् ।
सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी चुनिसकेका छन् ।
यस्तो छ खेल तालिका :
सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फेब्रुअरी ९ तारिकमा विराटनगर किंग्स र धनगढी स्टार्स भिड्ने छन्।
उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट हुनेछ।
