• २०८० असोज ५ गते शुक्रवार

जिल्ला प्रहरी कार्यालय बाजुरामा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट

बाजुरा – बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान ६ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको कार्यालयले जनाएको छ । 

आगलागीबाट एक लाख रुपैयाँभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियतामा नियन्त्रणमा आइसकेको बताइएको छ

प्रतिक्रिया दिनुहोस