- विमल भट्टराई/ईन्दिरा विश्वकर्मा,सुनवल
मंसिर १५, सुनवल । पश्चिम नवलपरासीको सरावल गाउपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । गाउपालिकामा दर्ता भएका पशुपालक कृषक फर्महरुको अनुगमन गर्दै सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाउपालिका दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताउनुभएको हो ।
गाउपालिका अध्यक्ष चौधरीको नेत्तृवमा आईतबार सरावल गाउपालिका वडा नं १ को पच्भैया , वडा नं २ को मनरी, वडा नं ४ को ललितपुर र गोबर्हिया र वडा नं ६ को गडौरी लगाएतका कृषकहरुको अनुगमन गरिएको हो । सरावल गाउपालिका उपाध्यक्ष उत्तमा राय,पशुशाखा संयोजक सोनेलाल शाह ,गाउपालिका प्रमुख प्रशासकिय अधिकृत झविश्वर रेग्मी लगाएतको टोलीले अनुगमन गरेको थियो ।