मंसिर १५, उदयपुर । विराटनगरस्थित गोल्डेन अस्पतालबाट शव बोकेर उदयपुर जाँदै गरेको को १ च १३६४ नम्बरको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार ७ जनाको मृत्यु भएको हो।
गएराति १ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा मृत्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृत्यु हुनेहरू उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका हुन्। निधन हुने अर्का व्यक्ति एम्बुलेन्स चालक हुन्।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको हो । मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवाररहेका छन ।