• २०८२ जेष्ठ ७ गते मङ्गलवार

पेस्तोल र गोली सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५,बाँके । नेपालगंज उपमहानगरपालिका-२० बाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल थान-१, लोड भएको गोली २ राउण्ड र म्याग्जिन २ थान सहित सोही उपमहानगरपालिका-१३ रामबाग बस्ने ३२ वर्षीय संदिप जंग साह लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित नमस्ते भिलेज रिसोर्टभित्र पार्किङ गरी राखेको निज साहको बा.१८ च ४२११ नम्बरको कार ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त कारको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस