कात्तिक १५, काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ ।
बिहीबार ७० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि ७१ हजार दुई सयमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि ७ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तेजाबी सुनको मूल्य ७० हजार २ सय रहेकोमा आजका लागि ७० हजार ९ सयमा कायम भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा कायम रहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।