• २०८२ बैशाख ६ गते शनिवार

नेपालगन्जको सुनारमन्डीबाट ८ जना जुवाडेहरु पक्राउ नाम सहित

पढ्न लाग्ने समय : १ मिनेट

 .(सागर थापा/महेन्द्र सिंह)

कार्तिक १५,नेपालगन्ज। नेपालगन्ज (सुनारमन्डीबाट) तिहारको भोलि पल्ट तीब्र गतिमा हुन थालेको जुवाडेहरुको गतिविधीलाई निस्तेज पार्ने अभियान थालेको छ । सोही अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार बेलुका ७ बजे तिर गोप्य सूचनाको आधारमा जुवाडेहरुलाई पक्राउ गरेको छ ।

दशैं तिहारमा ठुला जुवाडेहरु बढि सक्रिय हुने भएकाले त्यस विरुद्ध अभियान चलाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले बताउनुुभयो । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाको सुनार मन्डीबाट ७ जना जुवाडेहरु पक्राउ गरेको छ । सुनार मन्डीबाट ६७ हजार १ सय ३० नगद रुपैयाँ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

जुवामा पक्राउ पर्नेहरूमा (कुमार मोहित गुप्ता) (कन्जु करयप्त) (प्रेम नाथ सोनी) (शिव कुमार बर्मा) (जानु गुप्ता) (शिबा सङ्त सोनी) (बिजय कुमार गुप्ता) लगाएतलाई बाँके प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सवै जनामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बाँके प्रहरी प्रबक्ता डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस