कार्तिक १५, हेटौंडा। मकवानपुर जिल्लाको हेटौँडा,१५ रातोमाटे लच्कामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेमध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।