• २०८२ बैशाख १७ गते बुधवार

कालीकोटमा डोजर पल्टिँदा एकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 असोज १४, कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका- ५ बिहानीखोलामा मंगलबार बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए । ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो ।’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ ।’-

प्रतिक्रिया दिनुहोस