असोज १४ , काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सुनसरीको धरानका २४ वषर्ीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।