.सागर थापा/ महेन्द्र सिंह
असोज १४ ,बाँके । बाँकेको नरैनापुरबाट भारततर्फ अवैधरुपमा पैठारी गर्न लागिएको डेढ सय क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीका अनुसार ।
सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी गंगापुरबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वको गएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भे.१.त. ५०१२, भे.१.त.९७५४ र भे.१.त. ७४७५ नम्बरको ट्रयाक्टरबाट बिल विजक विना नै भारततर्फ लैजाँदै गरेको पच्चीस लाख सत्चालिस हजार पाँच सय रुपैयाँ बराबरको सेतो मटर बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै ट्रयाक्टर चालकहरु ट्रयाक्टर छोडेर भागेका थिए । मटर र तीन वटै ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभएको छ ।