• २०८१ चैत्र ५ गते बुधवार

दाङ प्रहरीले चितुवाको छालासहित एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा, दाङ

असोज १४, दाङ ।दाङ प्रहरीले एक जनालाई चितुवाको छालासहित पक्राउ गरेको छ । पूर्वीरुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ वस्ने १९ वर्षका भिमप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई असोज १३ गते तुलसीपुर ६ विद्युत कार्यालय अगाडिबाट झोलामा चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ पक्राउ परेका विकमाथि प्रहरीले थप अनुसन्धान शुरु गरेको दाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस