- धर्म सुनार
असोज १४,बाजुरा । बाजुरा बाजुराको भुमिमा जन्मीएका गायक तथा सर्जक डम्बर विश्वकर्माको शब्द संगितमा रहेको ”आउदैनौ ए पियारा ‘” बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतमा सन्ध्या बुढा संग डम्बर विश्वकर्माले आफ्नो आवाज राखेका छन ।
डम्बर विश्वकर्मा नेपालमा नभए पनि विदेश बाटै धेरै गित संगितमा आफनो शब्द र आवज रहेका बताएका छन । यो गित एउटा प्रदेशिको कथामा आधारीत रहेको छ । विदेश हुदाको पीठा, दशैतिहार आउदा पनि आफ्नै परिवार संग दशै मनाउन नपाउदा को पिडा कस्तो हुन्ध भन्ने गित मार्फत सन्देश दिएका छन ।
गायक तथा संगितकार अमित बाबू रोकायको लय सृजना रहेको गितको डम्बर विश्वकर्माले आफ्नै शब्द लेखेका छन ।
उक्त गीतमा विमल अधिकारी र दिभयानी वलीको अभिनय रहेको छ । नविन घर्ति मगरले सम्पादन गरेको गीतको छायाँकन हरिश महराले गरेको छन् ।
भावना म्युजिक सोलुसनको प्रस्तुति रहेको गीतको भिडियो भावना म्युजिक सोलुनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=HrkMazcluDM