भाद्र १५, काठमाडौं । काठमाडौंको कपनमा लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।
विद्यार्थी बोकेको भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन्।
घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको छ प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
भ्यान दुर्घटनाको कारण खुलेको छैन।