• २०८२ बैशाख ४ गते बिहिवार

“प्रेम गीत-३” बिदेस राइट्स बिक्री, छायाँकन को कस्तो छ तयारी ?

पढ्न लाग्ने समय : ३ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

भदौ १५, काठमाडौं । नेपाली चलचित्र बजार म यतीबेला निर्माताहरु असुरक्षित हुँदैगरेको बेला मा यसरी छायाँकन अगावै बिदेस राइट्स बिक्री हुनुलाई नेपाली चलचित्र बजार को लागि सुखद र खुशी को खबर हो भने अर्को तिर ठुलै चुनौती पनि हो ।

यो चुनौती लिएर काम गरिरहेको नेपाल कै ठुलो प्रतिष्ठित ब्यानर आसुसेन फिल्मस ले बिसुद्द लभस्टोरी ”प्रेम गीत” फ्रेंचाइजीको तेश्रो शृंखला ”प्रेमगीत ३” अहिले भव्य तवरले तयार गइरहेको छ । तर यही ब्यानर को फिल्म ”प्रेम गीत-३” को औपचारिक घोषणा पूर्वनै चर्चा सँगै यस्को ठुलो रकम मा बिदेश राइट्स पनि बिक्री भएको छ । प्रतिष्ठित ब्यानर र नाम चलेका कलाकारको फिल्म रिलिज अगावै मोटो रकममा विक्री हुने गरेका छन् । हलको व्यापारको भर नहुने हुँदा यसले निर्मातालाई बचाउन निकै ठूलो सघाउ पुर्‍याएको छ । फिल्मको आधाभन्दा बढी बढी लगानी अहिले ओभरसिज राइट्सबाटै उठ्ने गर्दछ ।

शुक्रबार निर्माता सन्तोष सेनको जन्मदिनमा दाताज् इभेन्ट्सले फिल्मको विदेश राइट्स ९५ लाखमा खरिद गरेको हो ।शुक्रबार फिल्म निर्माण कम्पनी आसुसेन फिल्मस्का कार्यकारी प्रमुख सन्तोष सेनसँग लिखित सम्झौता गर्दै दाताज् इभेन्ट्सका प्रमुख दाताराम घिमिरेले फिल्मको ओभरसिज राइट्स खरिद गरेका हुन् । ‘प्रेमगीत’ सिरिजप्रति दर्शकको विश्वास भएका कारण निर्माण टिमलाई हौसला प्रदान गर्दै फिल्मको विदेश राइट्स निर्माण अगावै खरिद गरेको घिमिरेले बताए । यो कम्पनीले पहिलो पटक नेपाली फिल्मको विदेश प्रदर्शन अधिकार लिएको हो । यसबाट नेपाली फिल्म क्षेत्रलाई एउटा इट्टा थप्ने काम हुनेछ भन्नेमा पूर्ण विश्वास छ’, घिमिरेले भने, ‘प्रेमगीत ३’ को ब्रान्डिङ र अभिनेता प्रदीप खड्काको विदेशी भूमीमा निकै राम्रो क्रेज भएका कारण फिल्मलाई महँगो मुल्य तिर्न तयार भएका हौं । हाम्रो लगानी फिल्मले उठाउनेमा ढुक्क छौं ।’ अब यो फिल्म विदेशमा प्रदर्शन गर्न इच्छुकले उनीसँग सम्पर्क गर्नुपर्ने भएको छ ।

चैत्र २८ गते को प्रदर्शन मिति तोकेको यो चलचित्रको प्रदर्शनले पनि नेपालीहरुको यो आउने नयाँ वर्षको उत्सवलाई झन् विशेष बनाउने विश्वास निर्माण टिम को रहेको छ। सो अवसरमा बोल्दै सेन ले”लामो समय छायांकनको पुर्व तैयारीमा खर्च गरेको हामीले चलचित्रको ओभरसिज राइट चलचित्र छायांकन हुनुअघि नै बिक्री भएको र अझ हामी माझ जिम्मेवारी थपिएको बताए । शुक्रबार सेन को जन्मदिनको अवसर Dataz Events का दाताराम घिमिरेसँग ओभरसिज राइटको सम्झौता गरेका हो । यस चलचित्रले ओभरसिज राइटको लागि ९५ लाखमा विक्री गरेको छ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसुर नछाड्ने उनको दाबी छ । दशैंपछि फिल्मको छायांकन सुरु हुँदैछ ।

छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गर्ने पिरियड ड्रामामा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय रहनेछ । यो सम्झौता सँगै अब नेपालमा मात्र हैन विदेश बस्ने नेपालीहरुले पनि चलचित्र ”प्रेमगीत ३” आआफ्नै ठाउँमा हेर्न पाउने भएका छन्। यसअघी चलचित्र ”प्रेमगीत २”ले पनि ओभरसिजमा ब्यापक सफलता पाएको थियो।

प्रतिक्रिया दिनुहोस