• २०८१ जेष्ठ ५ गते शनिवार

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ १५ चितवन । पूर्वी चितवनको रत्ननगरमा शनिबार राति रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो दुर्घटना राति ११ः४० बजे भएको हो ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस