• २०८२ बैशाख १६ गते मङ्गलवार

पहिरोमा पुरिएर जाजरकोटमा तीनको मृत्यु

पढ्न लाग्ने समय : २ मिनेट
  • रेशम बहादुर खड्का

भदौ १५, जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ तिमिलेमा गएराती गएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ ।घरमाथिबाट आएको पहिरोले पुरेर तिमिलेका दलबहादुर वलीकी ३२ बर्षिय श्रीमति पार्वती वली र दूइ छोरी मोतिकला वली र घनरसा वली को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए ।शनिबार राती १ : ४५ बजेको समयमा आएको पहिरोले वलिका २ सन्तानको ज्यान गएको खत्रीले जानकारी दिए । घरको अर्को कोठामा सुतिरहेका दलबहारदुर वलीलाई सामान्य चोट लागेको छ भने, भैसीको पारो पनि पहिरोमा पुरिएको प्रहरीको भनाइ छ ।

घटना भएको जानकारी हुन बित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशर बहादुर कार्कीको नेतृत्वको टोली जनप्रतिनिधि,शस्त्र प्रहरी बल गुल्मा जाजरकोटको प्रहरीको सयूक्त टोलि घटना स्थलमा राती २ बजे परिचालन भएको प्रहरीले जनाएको छ । ‘अबिरल बर्षा, कठिन भुगोले हाल सम्पर्क बिहिन भएको शशस्त्र प्रहरी प्रमुख योग्य बस्नेतले जानकारी दिए । गाडी जाने बाटो सम्म टोलिलाइ छाडयौ त्या बाट न सेटले काम गर्छ नत टेलिफोनले अहिले सम्पर्कमा टोलि नआएको र सम्पर्कमा आउने बितिकै घटनाको बिस्तृत जानकारी दिने शशस्त्र प्रहरी प्रमुख योग्य बस्नेतले बताउनू भयो उता भेरी नगरपालिका जाजरकोटका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले घटनाको दुख ब्यक्त गरेका छन । सामाजिक सञ्जालमा टुईट गर्दै नगर प्रमुख घर्तीले हिजो बेलुकीदेखी जाजरकोटमा अबिरल बर्षातको कारण जनजिवन पुर्ण रुपले प्रभावित हुन पुगेको छ। अहिलेको यो क्षणसम्म पनि अविरल बर्षात र बाढी रोकिएको छैन। यस दुस्खद घडीमा मृत्तकहरुप्रती हार्दिक श्रद्धाञ्जली र सम्पुर्ण आफन्तजनहरुप्रती हार्दिक समबेदना व्यक्त गर्दछु।

साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। अझै पनि प्राकृतिक प्रकोपको सम्भावना ज्यादै रहेको हुदा सम्पुर्ण नगरबासीहरु आ-आफ्नो ठाउमा सचेत रहेर बस्न हार्दिक आग्रह गर्दछु भन्दै नगर प्रमुख घर्तीले भेरी नगरपालिका अन्य सम्पुर्ण सरोकारवाला निकायहरु, प्रदेश सरकार र संघीय सरकारसङ्ग उचित समन्वय र सहकार्य गर्दै पीडितहरुको उचित क्षतिपूर्ति, राहत र उद्दारको लागि उच्च सतर्क अवस्थामा रहेको जानकारी गरेका छन । यस्तै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले दुख ब्यक्त गरेका छन । दुर्घटनामा परि मृतकका परिवारजनप्रति सहानुभुति व्यक्त गर्दै वन मन्त्री बस्नेतले संयमता अपनाउन आग्रह गरेका छन । हिजो राति देखि आएको पानीले गर्दा टेलिफोन सेवा अबरुद्ध भएको कारण समन्वय गर्न घटनाको बिस्तृत लिन कठिन भएको जिल्ला प्रशासन जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस