साउन १६ दैलेख । दैलेखको आठबीस नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य चौकी राकमका प्रमुखले स्वास्थ्य स्वंयम सेविकाको प्रोत्साहन भत्ता वापत पाउँने रकम कुनै जानकारी नै नदियर एक कार्यक्रममा खर्च गरेको पाईएको छ ।
‘आफ्नो नाम नखुलाई दिने वारे एक महिलाले भनिन ,स्वास्थ्य केन्द्रमा कार्यरत १० जना स्वास्थ्य स्वंयम सेविकाले पाउँने रु.७५ हजार प्रोत्सान भत्ता चौकीका इञ्चार्ज नरेस्वरी शाहीले कार्यक्रममा खर्च गरेकी छन । नेपाल सरकारले नै उनीहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न काम गरेवापत दिने प्रोत्साहन भत्ता चौकी इञ्चार्ज शाहीले केहि समय पहिले नै लिएर कुनै एक कार्यक्रममा खर्च गरेको र स्वंयम सेविकालाई कुनै जानकारी नै नदिएको पाईएको हो ।
पैसा आएको भनेर स्वास्थ्य चौकीमा पटक–पटक गई बुज्न खोज्दा इञ्जार्च ज्युलाई थाहा होला भन्ने उत्तर आउने गरेको र इञ्चार्ज नै स्वाथ्य चौकीमा नहुने गर्दा खाली हात घर फर्किनु परेको एक स्वास्थ्य स्वयम सेविका दुर्गा माझिले बताईन । ‘ एता आठबीस नगरपालिका उप–प्रमुख दिपा वोहोराले उनीहरुको पैँसा दुई महिना अघिनै आउँदा पनि हालसम्म नपाउँनु दुःखद कुरा भएको बताईन’। स्वास्थ्य केन्द्रका एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने ‘उनीहरु भत्ता लिन स्वास्थ्य केन्द्रमा आईरहन्छन् अव हामीले के जवाफ दिने ? उहाँलाई फोन गर्दा पनि कहिलै फोन नै रिसीब गर्नुहुन्न ।’
स्वास्थ्य केन्द्रकी प्रमुख(इञ्चार्ज) शाहीले आफुले यस्तो कार्य नगरेको भन्दै पन्छिन खोजिन । तर किन गर्नुभएन ? स्वास्थ्य स्वंयव सेविकानै उहाँले के गर्नुभयो हामीलाई जानकारी दिनुभएन भन्नुहुन्छ भन्दा ”केहि दिनमै उनीहरुलाई भेला गराई दिने भनेकी छु” उनले भनिन । ”भर्खर पैँसा बैँकवाट निकालेको छु ।” तर पैँसा २ महिना अघिनै निकालि सकेको एक कर्मचारीले बताएका छन । कुन मितिमा बैँकमा गई पैँसा निकालियो ? भन्दा यो प्रसंगमा उनी बोल्न चाहिनन् ।