असार १६, काठमाडौं । २०४६ साल भाद्र ३ गते राति ८ वजे हालको जिल्ला लमजुङ, दुधपोखरी गा. पा. ४ स्थित वुध सिं को कोदो बारीमा धेरै पैसा वोकी आएको शंकामा बेद प्रकास पोखरेललाई लुटपाट गर्ने उद्देश्यले भ्यान्टे कामी समेत ५ जनाको टोलीले ढुङ्गाले टाउकोमा हानि बेद प्रकाश पोखरेलको हत्या गरि चेपे नदीको त्रीवेणी भन्ने ठाँउमा लास र मृतकको झोला फालिदिएको र निजले बोकेको करिव ४ हजार नगद बाडिचुडी लिएको थियो ।
सो घटनामा लमजुङ जिल्ला अदालतबाट मिति २०४८/११/१३ मा जन्मकैदको फैसला भई सर्वोच्च अदालतबाट समेत सोही फैसला सदर भएको थियो । सो घटनामा संलग्न भ्यान्टे कामीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले मिति २०७६/०३/१३ गते राति १८:०० बजे जिल्ला लमजुङ दुधपोखरी गा. पा. ४ बाट पक्राउ गरि कैद सजाय भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।