- गोबिन्द पौडेल
असार १६, इलाम । रोङ गाउपालिकाले बिद्यालय र स्वास्थ्य चौकीको क्षमता बृद्धि गर्न सोलार बितरण गरिएको छ ।
गाउपालिकाभित्र रहेका पूर्वाधार अभाव भएका ६ बटा बिद्यालयहरु र ३ बटा स्वास्थ्य चौकीलाइ सोलार बितरण गरेको हो । यसरी सोलार बितरण गरिएको बिद्यालयहरुमा रोङ ६ का सरस्वती माध्याकिम बिद्यालय रम्भ्याङ्ग, कुवापानी मा. बि. कुवापानी, रोङ ५ मा रहेको उमामहेश्वर मा. बि. नाखोपा, बहुवन मा. बि. बहुबन, रोङ १ मा रहेको देबी आ.बि. शान्तिपुर र शशि मा. बि. रहेका छन् भनेकोल्बुघ स्वास्थ्य चौकी कोल्बुङ्ग, इरौटार उप स्वस्थ्य चौकी इरौटार र सामुदायिक स्वास्थ्य इकाइ सलकपुर रहेको छ । १ सय बाटको सोलार प्यानल, इन्भटर र ब्याट्रि सहितको सोलार सेट गाउपालिकाले उक्त संस्थाहरुको लागि बैकल्पिक रुपमा कामकाज गर्न सहज र सरल होस भनेर बितरण गरिएको गाउपालिकाको अध्यक्ष समसेर राइले बताए ।
कोहीबेला लामो समय सम्म बिजुली बत्ती नआउने र बिद्यालयको काम काज नै ठप्प हुने अवस्था रहेकोमा गाउपालिकाको सहयोगले बिद्यालयको कामकाजमा सहजता भएको उमा महेश्वर मा. बि. का शिक्षक ठाकुर प्रधानले बताए ।