जेठ १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ जान लागेकी राहदानी नम्बर एसि ७५८६६२ वाहक ६९ वर्षीया क्यानडियन नागरिक JEANNIA ME GAW लाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अमेरिकी डलर २० हजार ६ सय ३०, नेपाली १० हजार रुपैयाँ, हङकङ डलर १ हजार ४ सय २०, चाइनिज यन १ हजार ५० सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलमा जाँच गर्ने क्रममा व्यागभित्र लुकाई छिपाई लैजान लागेको उक्त मुद्रा सहित उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी क्यानडियन नागरिकलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ ।