जेठ १८, बुटवल । क्रान्तिकारी पत्रकार महासंघले रूपन्देहीकाे बुटवल स्थित मिडिया चाेकमा मिडिया काउन्सिल विधयक जलाएकाे छ ।
शनिबार क्रान्तिकारी महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, प्रदेश ५ र रूपन्देहीका पत्रकारहरूले मिडिया काउन्सिल विधयक जलाएका हुन् । महासचिव रामकुमार श्रेष्ठकाे सञ्चालनमा भएकाे विराेध कार्यक्रममा अध्यक्ष ईन्द्र राउतले मिडिया काउन्सिल विधयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विराेधी रहेकाे भन्दै खाजेरीकाे माग गरे ।
कार्यक्रममा मिडिया काउन्सिल विधयक जलाउनुका साथै मिडिया काउन्सिल विधयक खारेजीकाे माग गर्दै नाराबाजी गरेका थिए।
क्रान्तिकारी पत्रकार महासंघले सातै प्रदेशमा विधयक जलाउने कार्यक्रम तय गरेकाे महासचिव रामकुमार श्रेष्ठले बताए ।