• २०८० मङ्सिर १५ गते शुक्रवार

तपाईको आज

पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं. २०७६ जेठ १८ शनिबार। इ.स. २०१९ जुन १। ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। त्रयोदशी, १६:३२ उप्रान्त चतुर्दशी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप भने बढ्ने समय छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको भरपर्ने बानीले व्यर्थैमा दुस्ख पाइनेछ। परिस्थिति प्रतिकूल हुनाले काम बिग्रने डरले सताउन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मिहिनेत गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य(चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न समय लाग्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।

प्रतिक्रिया दिनुहोस