- खबर 24 नेपाल ब्यूरो
बैशाख १७ ,नेपालगन्ज । समशेर उपमहानगरपालिका नेपालगन्जका मेयर धबल समशेर राणाले बाहिरी मान्छेहरुलाई आफुसङ्ग ल्याइ बिद्यार्थीहरु माथी दुर्व्यवहार गरेको र बिद्यार्थी लाई मानसिक तनाव दिएको र बिद्यार्थी लाई मनोबैज्ञानिक असर पुर्याएको बिद्यार्थीहरु ले जनाएका छ्न।
मेयर राणाले यस्तो गतिविधि बिद्यार्थीहरु माथी देखाए बिद्यार्थीको परिक्षा यस्तो किसिमको बाताबरण सृजना गरे बिद्यार्थीहरु स्वयम प्रतिकारमा उत्रिने जनाएका छ्न। उपमहानगरपालिका नेपालगन्जका मेयर धबल समशेर राणालाई फोन सम्पर्क गर्दा मोबाइल अफ छ भने यता नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष पवन कुमार यादवको हस्ताक्षर सहितको विज्ञप्ती नेपाल शिक्षक संघले जारी गरेको छ ।
विज्ञप्तीमा परिक्षा भैइरहेको बेला मेयर धबल समशेर राणाले आफु सङ हुलका हुल मान्छेहरु लिएर विद्यार्थीहरुलाई तर्साउने काम गरेकोले यस्तो गतिविधि नगर्न र परिक्षा भैइरहेको बेला परिचयपत्र लिएर मात्र परिक्षा हलमा प्रबेश गर्न अनुरोध गरिएको छ । विद्यार्थीहरु लाई सान्त माहोलमा परिक्षा गराउन बिज्ञप्ती मार्फत ध्यानाकर्षण गरिएको अध्यक्ष पवन कुमार यादवले जानकारी दिनुभएको छ ।
विज्ञप्ती