• २०७९ साउन २६ गते बिहिवार

मदिरामा “गाउँबाट लुट, बजारमा छुट” : दैलेख ठाटीकाँध

पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख १८,दैलेख। दैलेखको ठाटीकाँँध गाउँपालिका –१का दिपेन्द्र बिःकले केहि दिन पहिले गाउँमा मदिरा (रक्सी) पिउँदा गाउँकै सक्रिय महिलाको सहभागीतामा उनलाई नियन्त्रणमा लिई रुः ५हजार जरिवाना तिर्ने कागत पत्र बनाए । त्यो भन्दा पहिले पनि उनले १० हजार मदिरा पिय वापत जरिवाना तिरेको उनले बताए ।

ठाटीकाँध गाउँपालिको मुटुमा रहेको प्रहरि चौकीले केहि दिन पहिले मात्र वडा–२ का बर्ष ३६ का धनबहादुर शाहीलार्ई मदिरा सेवन प्रयोग गरेको अबस्थामा ठाटीकाँध बजारबाट प्रहरिले नै नियन्त्रणमा लिईयो, “प्रहरिले मदिरा नियन्त्रण समितिलाई खबर गरेर सँयोजक लोग थापाको सल्लाह अनुसार रुः १ हजार मात्र जरिवाना तोकेको प्रहरि चौकी ठाटीकाँधका ईञ्चार्ज ब्रजिड विःकले बताए ।” उनले आफु यहाँ सरुवा भई आएको केहि दिन मात्र भएकाले यसबारे त्यती जानकारी नभएको र, स्थानीयको सहभागीतामा अगाडि बढ्ने आफ्नो ईच्छा भएको बताए ।

यसरी मनोमानी मदिरा नियन्त्रणा समितिले आफुले नै बनाएको नियम कुल्चेकोे देख्दा स्थानीयद्धारा अन्तुष्ट प्र्रतिक्रिया आएको छ,’ स्थानीय अमर विःकले भने ‘यस्तो प्रवित्तिले “गाउँगाउँबाट लुट र, बजारमा छुट” मच्चिएको छ ।

‘ठाटीकाँध गाउँपालिकाले गतबर्ष जेठ महिना देखि मदिरामुक्त गाउँपालिका बनाउँने उद्श्येले गाउँपालिकाका सबै वडामा स्थानीय महिलाको सहभागीतामा अभियान चलाई सबै वडामा मदिरा सेवन गर्नेलाई रुः ५ हजार जरिवाना र बेच्नेलाई रु १०(दश) हजार जरीवाना सहित मदिरा नियन्त्रण समिति गठन गरी निर्णय सार्वजनिक गर्यो ।’

प्रहरी , स्थानीय महिला र केहि युवाहरुको सहभागीतामा उक्त कार्यमा गाउँपालिका अग्रसर भएता पनि मदिरा सेवन गरेका व्यक्तिहरु छरपट्टै देखिन छाडेनन् ।‘ गत बर्षको गाउँसभाको निर्णय बाटनै उक्त मदिरा नियन्त्रणको लागि वडा ६का वडा सदस्य समेत रहेका लोगबहादुर थापाको सँयोजक्तोमा उक्त कार्र्य धमाधम सञ्चालन गरियपनि हुँने खानेलाई सुटुक्क लुकाउँने र गाउँको सामान्य व्यक्तिलाई मदिरा सेवन प्रयोग गरेको छ या छैन भनि तोकी तोकी कार्बाही गरिएको पाईएको छ । गाउँमा महिलालाई उक्त कार्य रोेक्नको लागि जीम्मा दिएको थियो ,’ महिला हाल सम्म पनि निरन्तर खटिएको देखिन्छ । आईतबार मात्र स्थानीय भक्तबहादुर बुढाले मदिरा सेवन गर्दा रु ५ हजारको कागत बनाईएको् र शुल्क तिर्ने समयावधि सहित तोकीयको उनले बताए । उनले भने ,गाउँमा महिला सहभागीतामा यस्तो कार्य न्युनिकरणमा लाग्दा खुःशी लाग्यो ।

नियन्त्रणका क्रममा गाउँपालिकाका छ वटै वडाबाट लाखौँ रुपैया सँकलन भएको हुन सक्ने स्थानीयको बुझाई छ । तर, उक्त पैँँँसा समितिले के गर्र्याे भन्ने बारे स्थानीयलाई लामो समयसम्म पनि जानकारी नगराईएको र उक्त मदिरा नियन्त्रण समितिले मनपरी गरीरहेको स्थानीयको आरोप छ । पैँसा सार्वजनीक गर्र्नकोे लागी मंगलबार केहि स्थानीय युवाले पैँसाबारे सोधपुछ गर्दा थापाले केहि पहिले विप्लव समुहले लिएको र गाउँपालिकामै सोध्न आग्रह गरेको उनीहरुको भनाई छ ।
“वडा –२ का वडाअध्यक्ष रुपलाल बिःकले त्यो पैँसा छिट्टै सार्वजनिक हुन पर्ने भएपनि नभएको बारे आफु पनि यसबारे बुज्न खोजिरहेको बताए ।”

“गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले करिब ४ लाख रुपैँया सम्म उठेको हुनसक्ने बताए । उनले,त्यो पैँसा गाउँपालिकामा बैँक स्थापना भईसके पछि स्थानीयको सल्लाह सुझाव अनुसारनै सबै पैँसा त्यहाँ जम्मा गर्ने बताए ।”

मदिरा आजभोली गाउँमा बन्द भएपनि बजारमा भने् दिनदाहडै मदिरा सेवन गरीरहेका मान्छे प्रशस्त मात्रामा भेटीन्छन् ।

प्रतिक्रिया दिनुहोस