वैशाख १८, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले १३० औं विश्व मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गर्दै श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डद्धारा जारी गरिएको शुभकामना सन्देशमा लेखिएको छ ।
देशको समृद्धिसँगै कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणसहित समाजवादको आधार तयार पार्नु अहिलेको आवश्यकता भएको प्रचण्डको मत छ । यसका लागि उनले नेपाली श्रमिक वर्ग एकतावद्ध भएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
संवैधानिक र कानुनी पूर्वाधार तयार गर्दै विकास र समृद्धिलाई पार्टी तथा सरकारले प्राथमिकतामा राखेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।
मे दिवसको अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपि शर्मा ओलीद्धारा पनि सम्पुर्ण मजदुरहरुलाई शुभकामना प्रदान गर्नु भएको छ ।