• २०८० मङ्सिर १६ गते शनिवार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी० को टोलीले पाल्ला गाउँपालिका(७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस