• २०८० मङ्सिर १३ गते बुधवार

हावाहुरीको कारण : रगतको अभावमा घाइतेहरुको उपचारमा समस्या

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८ ,बारा । हावाहुरीमा परि ३ सय भन्दा बढी घाइतेको नारायणी अस्पताल, विरगंज र विरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएका बिरामीको रगत अभावका कारण उपचारमा समस्या भएको छ । हावाहुरीमा परी गम्भिर घाइते भएकाहरुमा एबी पोजेटिभ, बी पोजेटिभ ए पोजेटिप लगायतको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

घाइतेहरुलाई अस्पताल ल्याउने क्रम जारी छ । एम्बुलेन्स कम भएकाले गाउँगाउँबाट ट्याक्टर, मोटरसाइकल भ्यानमा समेत घाइतेहरु ल्याउने क्रम जारी रहेको वीगरञ्जमा कार्यरत स्वास्थ्यकर्मी जयमोद ठाकुरले खबरहबलाई बताए ।घटनामा परीएउटै परिवारको ५ जना सम्म घाइते छन् ।

हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई २ नं प्रदेश सरकारले ३ लाख दिने

प्रतिक्रिया दिनुहोस