• २०८१ चैत्र ३ गते सोमवार

हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई २ नं प्रदेश सरकारले ३ लाख दिने

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, विरगञ्ज । बारा र पर्सामा आएको हावाहुरीमा ज्यान गुमाएकाका परिवारलाई २ नं प्रदेश सरकारले ३ लाख दिने निर्णय गरेको छ ।

२ नं. पैदेशको सोमबार विहान ७ बजे बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्कालको लागि राहत स्वरुप उक्त रकम दिन लागेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

यसैगरि हावाहुरीमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहने गरि हावाहुरीमा भएको धनजनको क्षतीको अध्ययन तथा पुननिर्माणको लागि टोली गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस