• २०८० असोज ४ गते बिहिवार

विमानस्थल आजबाट १० घण्टा बन्द हुदैं

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट दैनिक १० घण्टा बन्द हुने भएको छ । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्नुपरेको हो ।

जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सन् १९७५ ताका निर्माण गरिएको तीन हजार मिटर लामो विमानस्थल धावनमार्गको ऊबेलाको पिच पूरै फालेर नयाँ पिच गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस