१८ चैत, काठमाडौं । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । हावाहुरीले बिचल्ली बनाएकाहरुको सोमबार बिहानै देखि उद्धार सुरु गरिएको छ ।
बाराको तत्कालीन गाविस पुरहनिया ३ र ६ नम्बर वडामा बढी क्षति पुगेको छ । हावाहुरीले सिमेन्ट प्रयोग गरिएको तर पिलर नभएका घरहरु ढलेका कारण मानवीय क्षति बढी हुनसक्ने अनुमान गरिएको छ । हावाहुरीमा पर्ने बालबालिका धेरै हुनसक्ने अनुमान गरेको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।