• २०८० असोज १७ गते बुधवार

टोटनह्यामलाई पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत १८ ,काठमाडौं । आइतबार भएको आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले गोल गरे । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एक गोल भने टोटनह्यामका टोबी एल्डरवायल्र्डले आत्मघाती गोल गरेपछि लिभरपुलले उपहारस्वरुप पाएको थियो । टोटनह्यामका लागि लुकास मौराले एक गोल फर्काए पनि लिभरपुललाई रोक्न भने सकेनन् ।

पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको लिभरपुलले खेलको ७० औं मिनेटमा गोल खान पुग्यो ।

१६ औं मिनेटमा नै फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको लिभरपुलले खेलको ७० औं मिनेटमा गोल खान पुग्यो । टोटनह्यामका लुकासले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

लिभरपुलले ३२ खेलबाट ७९ अंक जोड्दै लिगको शीर्ष स्थान ओगटेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ । तर खेलको इन्जुरी समयमा टोटेनह्यामका टोबीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले २–१ गोलको जित निकाल्यो ।
यता पराजित भएको टोटेनह्यामको लिगको तेस्रो स्थानमा रहंदा उसको ६१ अंक छ ।

प्रतिक्रिया दिनुहोस