चैत १७, दैलेख । कर्णाली प्रदेशको दोस्रो ठुलो नगरपालिकाले चिनिएको दैलेखको दुल्लु नगरपालिकाले नेपालको राष्ट्रिय फुल गुरासँको जुस उत्पादनमा जोड दिएको छ । नगरपालिका भित्रका सामुदायिक जंगलमा रहेका लालिगुरासँको फुलबाट जुस निकाल्नका लागि दुल्लुमा अवस्थित ज्वाला मालिका एग्रो प्रा.ली.को आयोजनामा जुस उत्पादन लागि तालिम समेत सञ्चालन भईरहेको छ ।

उत्पादन गरिएको गुरासँको जुस ।
बुढापाखाले गुरासँको फुललाई औषधिको रुपमा विगतदेखिनै प्रयोग गर्दै आएको पाईन्छ । ढकमक्क आजभोली जताततै रातो,सेतो गुरासँ फुलेको देखिँन्छ । मौसमी वास्नाले एकतर्फ मान्छे गुरासँको आनन्द लिन्छन भने ,’ एकातर्फ जुस पिउँदा गर्मि समयमा शरिरलाई झनै आनन्द बनाउँछ ।
गुरासँको फुललाई प्रशोधन गरि तालिम सँगै जुस निकाल्ने कार्य भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । जुसले स्वास्थ्यलाई पनि फाईदा गर्ने भएकाले लाभदायी हुँन्छ ,’भण्डारीले भने,’ वनमा रहेका बस्तुबाट अर्गानिक जुस उत्पादन गर्न लागेको छौँ । चालु आर्थिक बर्षमा १० हजार बरावर जुसको प्याकेट उत्पादन गर्न लक्ष्यका साथ पञ्चकोशी क्षेत्रमा आउँने पर्यटकलाई पियपदार्थको रुपमा जुस खुवाउँने र पर्यटकलाई झन आर्कषण गराउँन सकिन्छ ,’भण्डारीले भने । उनले,युवा स्वरोजगार र गरिबी निवारणमा टेवा पुग्ने र जुसको बजार पनि राम्रो भएको बताए ।
ज्वाला मालिका एग्रोका संचालक किरण भण्डारीले सामुदायिक वनमा भएका वस्तुलाई प्रयोगमा ल्याई आयआर्जनमा लम्किने लागेको बताए । सवैले प्रयोग गर्न मिल्ने ,ग्याष्टीक, पाचन समस्या, मधुमेह लगायत जुनसुकै विरामीले पनि खाएमा स्वास्थ्यमा सुधार आउँछ भण्डारीले थपे, जुस बजारमा छिटै ल्याउँदैछौँ । जुसलाई ल्याव टेष्टका लागि काठमाडौं पठाईएको छ । जुसको ल्याव टेष्ट भइसकेपछि बजारमा उपलब्ध गराइने छ ।
जुस उत्पादन भई बजारमा पुग्यो भने जिल्लाको ठुलो पहिचान हुने आठबीस नगरपालिकाका गणेश खनालले बताए । जिल्लामा मात्र नभई जुुस बाहिर पनि जाने र बाहिरबाट आउँने जुस रोकिन्छ ,’खनालले भने ।‘उत्पादन सुरु भएसँगै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही लगाएत सरकारमा रहेका विशिष्ट ब्यक्तिहरुले जुसको स्वाद लिँदै उदारणीय कामको मुल्याकंन समेत गरे ।’