• २०८० असोज ११ गते बिहिवार

दाङमा नागरिकता विधेक विरुद्धको हस्ताक्षर कार्यक्रम सुरु

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

चैत १८, दाङ । दाङको घोराहीमा राष्ट्रघाती नागरिकता विधेक विरुद्धको हस्ताक्षर कार्यक्रम सुरु भएको छ । सरकार नागरिकता विधेक द्वारा नागरिकता प्राप्तिको खुकुलो प्राबधान ल्याउदैछ । पहिला २०६३ मा जन्मको आधारमा नागरिकता दिने नितिका कारण धेरै गैर नेपाली ले पनि नागरिकता लिएका थिए ।

अहिले त्यो भन्दा पनि खुकुलो र बिदेशीहरुलाइ पनि बंशजको नागरिकता दिने र संबैधानिक पदमा समेत उनिहरुलाइ पुराउने डिजाइनका साथ यो बिधेक आएकोले यसको बिरोध गर्नु परेको राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य ले बताउनु भएको थियोे । आजको हस्ताक्षर पछिको कोण सभामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, ने क पा माले का जिल्ला सचिब नेत्र प्रकाश पाण्डे ले मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको संचालन अखिल छैठो का जिल्ला सचिबालय सदस्य लक्ष्मण बि क ले गर्नु भएको थियोे । नागरिकता विधेक बिरोधि संघर्स समन्वय समितिको आयोजनामा देशभरी नै हस्ताक्षर अभियान चलेको छ । राष्ट्रिय जनमोर्चा ने प पा मसाल ने क पा माले लागयतका दल र विभिन्न छेत्र का बिज्ञ , विद्वान , देशभक्त तथा राष्ट्रप्रेमीहरु सम्मीलित उक्त समितिले यो अभियान संचालन गरेको कुरा अध्यक्ष गणेश आचार्य ले बताउनु भयो ।

उक्त कार्यक्रममा उत्साह जनक रुपमा हस्ताक्षर संकलन भएको थियोे । यसैगरी चैत्र १८ गते दिउसो २ बजे देखि तुलसीपुर को बि पि चोकमा पनि यस्तै अभियान चल्ने आयोजक ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस