• २०८० असोज ४ गते बिहिवार

प्युठानको नौबहिनीमा आगोलागीवाट २ जना घाईते

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर रिजाल

 फाल्गुन १७, ,प्युठान ।  नौबहिनि गाउँपालिका वडा नं ८ फोप्लीको एक घरमा विहिवार राती १० बजे आगलागी भएको छ । आगलागीमा परि एकै घरका आमा छोरा घाईते भएका छन् ।

आगलागीमा परि ४७ वर्षिय दिलसरा पुन मगर र उनको १४ बर्षिय छोरा भेष राज पुन मगर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवीप्रसाद रिजालले जानकारी दिए । साझ खाना खाएर सुतेको र उज्यालो नभएर भैसी गोठमा आगो बालेर सुत्दा आगो सल्किएको प्रहरीको भनाई छ । घाईतेको जिल्ला अस्पताल विजुवार उपचार भईरहेको छ । आगोलागी हुँदा घरसंगै एउटा भैसीपनि जलेको छ ।

आर्थिक अवस्था कमजोर
घर जलेर घाईते भएका आमाछोराको आर्थिक अवस्था कमजोर छ । आर्थिक नहुँदा उपचारमा समस्या भएको छ । उनीहरुको उपचारमा सहयोग पु¥याउन जुम्री वसपार्क व्यवस्थापन समितिले रु ५ हजार सहयोग गरेको समितिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । विरामीका परिवारले उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस