फागुन १७, काठमाडौं । नेपाली राजनीतिका आशलाग्दा युवा नेता एवम् सँस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित देशका प्रभावशाली सातजनाको अवसान भएसँगै ‘देश स्तब्ध’ भएको छ । नागरिक शोकमग्न छन् ।
रविन्द्र अधिकारीको राननैतिक पृष्ठभुमी
आशालाग्दा नेताको सूचीमा अग्रस्थानमै आउँथ्यो, मन्त्री रवीन्द्र अधिकारीको नाम । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका अधिकारीले कहिल्यै पराजयको सामना गर्नु परेको थिएन । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यदेखि, सभापति, जिल्ला अध्यक्ष, तत्कालिन गण्डकी अञ्चल अध्यक्षहुँदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी कुशलापूर्वक निर्बाह गरेका अधिकारी २०४६ सालदेखि पार्टी राजनीतिमा सक्रिय रहे ।
तत्कालीन नेकपा एमालेको कास्की जिल्ला कमिटी सचिव, अध्यक्षहुँदै २०६४ सालको संविधानसभा निर्वाचनमा कास्कीबाटै सभासद निर्वाचित भए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि संविधानसभा सदस्य निर्वाचित हुन सफल अधिकारी पछिल्लो पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए । त्यसअघि संसदको विकास समिति सभापति भएर अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले संविधानसभाः लोकतन्त्र र पुनर्संरचना, समृद्ध नेपाललगायत पुस्तक पनि लेखेका छन् ।
पछिल्लो समय वाइड बढी विमान खरिद् प्रकरणमा मन्त्री अधिकारीको नाम मुछियो । यसबाहेक करिब ४९ वर्ष लामो जीवन र करिब ३५ वर्ष लामो राजनीतिक जीवनमा अधिकारी कहिल्यै विवादित भएनन् । उच्च राजनीतिक छवि बनाएका अधिकारीमाथि आमनागरिकको ठूलो आश थियो । उनको निधनसँगै आमनेपालीको ‘आशाको दीयो’ निभेको छ ।
मन्त्री अधिकारीले गरेका महत्वपूर्ण कामः
भैरहवा क्षेत्रीय विमानस्थल निर्माणको काम तिव्र
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लक्ष्य भन्दा धेरै प्रगति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालनमा
दुईवटा वाइडबडी जहाजको रिसिभ
विमानस्थलको कुर्सीदेखि सफाईसम्म
बुटिक विमानस्थल बनाउने प्रयास
७७ जिल्लाका एक सय पर्यटकीय गन्तब्य पहिचान
आफ्नो कार्यकालमा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्र्याउन सफल
सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा
नयाँ हवाई रुट कार्यान्वयन गर्न आइकाओमा निवेदन
बन्द रहेका विमानस्थल सञ्चालन
झापाको भद्रपुरमा रात्रिकालीन उडान सुरु
भूकम्पबाट ध्वस्त भएका सांस्कृतिक सम्पदा निर्माणमा जोड
मन्त्री हुनुभन्दा अघिका उल्लेख्य काम
सार्बजनिक सवारी साधनमा बिद्यार्थीलाई ५० प्रतिशत छुट
तत्कालिन शाहज्यादा पारस शाहले चलाएको जीपका ठक्करका कारण गायक प्रविण गुरुङको मृत्यु भएपछि ‘शाहलाई दरबार होइन जेल पठाउनु पर्छ’ भन्दै आन्दोलन सुरु